कैलाली — भारतबाट भन्सार छली गरी ल्याइएको सात लाख रुपैयाँभन्दा बढी मूल्यको सामान कैलाली र कञ्चनपुरबाट प्रहरीले बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित शिशा पोष्ट र बर्दगोरिया गाउँपालिका–६ को बासकोटी क्षेत्रबाट भन्सार छली गरी ल्याइएका ८५ हजार ९५५ रुपैयाँ बराबरका सामान शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतको टोलीले बरामद गरेको हो।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ अन्तर्गत करन चौराहा र मिलन चौराहाबाट ६ लाख ९४ हजार ६३२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ। सो कारबाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र मातहतको प्रहरी टोलीले संयुक्त रूपमा गरेको हो।
बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।











