युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बडीमालिका (बाजुरा), जेठ ९ गते।
बाजुराको जगन्नाथ गाउँपालिका–३ स्थित बेर्मा बजारमा रहेको एक होटलमा पानी छोएको निहुँमा दलित समुदायका तीन बालबालिकामाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। बिहीबार दिउँसो होटल सञ्चालक बाँचा भण्डारीले प्रेम विक, अर्जुन विक र पवन विकलाई जातीय अपमानका शब्दसहित गालीगलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

पीडित प्रेम विकका अनुसार, होटलमा सामान्य रूपमा पानी छोएको मात्रै थियो। तर त्यसैलाई जातीय घृणाको रूपमा लिएर होटल सञ्चालिकाले आक्रोश प्रकट गर्दै बालबालिकालाई शारीरिक रूपमा आक्रमण गरिन्।

ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले घटनाबारे जानकारी दिँदै बालबालिकाले पानी पिएको र साहुनीको छोरीलाई जिस्काएको भन्ने प्रारम्भिक जानकारी आएको बताए। तर वास्तविकता बुझ्न दुबै पक्षलाई जुड्डी प्रहरी चौकीमा छलफलका लागि बोलाइएको जानकारी गराए।

प्रत्यक्षदर्शीहरूका अनुसार घटनामा स्पष्ट रूपमा जातीय विभेद झल्किने व्यवहार देखिएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु गरेको जनाएको छ।
उता, बाँचा भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको फोन नउठेको बताइएको छ।

पीडित पक्षद्वारा दर्ता गरिएको उजुरीमा भण्डारीले ‘शरीरमा झुण्डिएर कुटपिट गरेको’ उल्लेख गरिएको छ।

नेपालको जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र सो सम्बन्धित नियमावली २०७४ अनुसार, धर्म, संस्कृति वा परम्पराको नाममा कुनै पनि व्यक्तिलाई जात, वर्ग, वंश, पेशा वा शारीरिक अवस्थाको आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय