कञ्चनपुर — भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवक खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१०, गड्डाचौकीमा पक्राउ परेका छन्।
पक्राउ पर्ने युवक भुजेला, भीमदत्त नगरपालिका-१० निवासी २४ वर्षीय राजेन्द्र सिंह टमटा हुन्। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले ०.४५ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले लागूपदार्थसहित पक्राउ परेका टमटामाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।











