सिलगढी — हाल देशमा पश्चिमी तथा स्थानीय वायु प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाको जानकारी छ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।











