डोटी/सुत्केरी वेथा लागेर प्रसवपिडा भोग्दै अलपत्र अबस्थामा सड्कमा छटपटाई रहेकी एक महिलाको प्रहरी जवान चन्द्रिका कुमारी देउवाले सहयोग गर्दा सड्कमा नै बच्चा जन्माएकी छिन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुर गुहेश्वरी टोल स्थित सडकमा नै एक महिलाले बच्चा जन्माएकी हुन् ।
मंगलबार ती महिला छटपटाई रहेको र सड्कमा नै रहेको साथै ततकालै अस्पताल सम्म पुराउन सक्ने अबस्था समेत नदेखेपछि अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका कुमारी देउवाको सहयोगमा ति महिलाले बच्चा (छोरा) जन्माएकी कैलाली प्रहरीले जनाएको छ ।
बच्चाको जन्म भई सकेपछि उनहरुलाई उपचारको लागि पद्मा अस्पताल अत्तरीया पठाइएको छ भने आमा÷छोरा दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











