युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, जेठ ५ – लामो समयदेखि परेको खडेरीसँगै प्रमुख जलस्रोतहरू सुकेपछि बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव देखिएको छ। दैनिक उपभोगका लागि आवश्यक पानीसमेत नपाउँदा स्थानीयवासीहरू टिन, जर्किन र गाग्री बोकेर टाढाटाढाबाट पानी ल्याउन बाध्य छन्।

स्थानीयवासी जस बहादुर विकका अनुसार, करिब एक महिनादेखि पानीको आपूर्ति अत्यन्त न्यून छ। “हरेक वर्ष चैतदेखि जेठसम्म पानीको समस्या दोहोरिन्छ, तर समाधान भने कहिल्यै हुँदैन,” विकले गुनासो गरे।

समस्या दीर्घकालीन हुँदै जाँदा उपभोक्ता समिति र बडीमालिका नगरपालिकाबीच समन्वयको अभाव देखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित भएका छन्। बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगरपालिकाको समन्वय कमजोर हुँदा संकट वर्षेनि दोहोरिएको हो।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले भने समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालयसँग सहकार्य गर्दै प्राविधिक टोली खटाइएको जानकारी दिनुभयो। “यसै आर्थिक वर्षभित्र बजार क्षेत्रमा शुद्ध पानी पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ,” उहाँले बताए।

मार्तडी बृहत खानेपानी कार्यालयका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार, हाल करिब ६ सय घरधुरीमा रहेका धारामा दिनको एकपटक मात्र एक घण्टा पानी प्रवाह भइरहेको छ। तर आगामी महिनाभित्र डोटी डिभिजन खानेपानी कार्यालयको ५० लाख रुपैयाँ सहयोगमा झाल्ले नौलाबनबाट पानी आपूर्ति गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

रावलका अनुसार करिब साढे दुई किलोमिटर पाइपलाइन बिछ्याइएको छ भने आधुनिक मिटर प्रणालीमार्फत नियमित आपूर्ति सुरु गर्ने तयारी भइरहेको छ।

तर तत्कालका लागि भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायत बजार क्षेत्रका बासिन्दा भने पानीको खोजीमा दिनहुँजसो दुरी तय गर्न बाध्य छन्। खानेपानीको यो समस्याले स्वास्थ्य, सरसफाइ र जनजीवनमा गम्भीर असर पार्न थालेको स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय