कैलाली — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका कैलालीका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ निवासी १९ वर्षीय डितेन चौधरी छन्। उनलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणी अभियोगमा ६ वर्ष ८ महिना कैद सजाय र तीन लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकेको थियो।
अदालतको फैसला पश्चात फरार रहेका चौधरीलाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो। उनलाई अदालतको आदेशअनुसार थप कानुनी कारबाहीका लागि अगाडि बढाइएको प्रहरीले जनाएको छ।











