डोटी, बैशाख ६ — डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ३ खयर तोलाका ९० वर्षीय एक लडेर घाइते भएका छन् ।
साेही ठाउँ का लालबहादुर खड्का शुक्रबार राति १० बजे शौचालय जान खोज्दा लडेर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार खड्काको टाउकोमा चोट लागेको छ । त्यसपश्चात उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।











