सिलगढी: डोटीको सायल गाउँपालिका-६, स्याडामा जङ्गली भालुको आक्रमणबाट एक दम्पती गम्भीर घाइते भएका छन्। घाइते हुनेका साेही ठाउँका ६० वर्षीय करी साउद र उनकी ५८ वर्षीया श्रीमती दुर्गा साउद रहेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । सामेबार राति करिव १२ बजेकाे समयमा उनीहरूलाई घर नजिकै खेतबारीमा रहँदा भालुले आक्रमण गरेको हो।
उनीहरू द्वयलाई उपचारका लागि मंगलबार बिहान जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो। तर, अवस्था गम्भीर रहेकाले उनीहरूलाई सेती प्रादेशिक अस्पताल, कैलाली रेफर गरिएको छ।
घाइते दम्पतीको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट लागेको छ।











