बझाङ, चैत १० – बझाङको थलरा गाउँपालिका–४ बस्ने १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही गाउँका ६० वर्षीय वृद्ध गम्भिरे सार्की पक्राउ परेका छन्।
किशोरीले शुक्रबार आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणीको शिकार भएको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा, शुक्रवार नै प्रहरी टोलीले अस्थायी प्रहरी पोष्ट बगडाबाट प्रहरी वरिष्ठ हवल्दार डम्बरबहादुर ढाँटको नेतृत्वमा गम्भिरे सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीले आरोपितलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको बताएको छ।











