सिलगढी / डाेटीमा माेटरसाइकलले एक ठक्कर दिँदा एक बालक र चालकसहित घाइते भएका छन् । आज दिउँसो ३:४५ बजेकाे समयमा जिल्लाकाे शिखर नगरपालिका ८ तिलतालीमा म.३ प. १४६१ नं नम्बरको माेटरसाइकलले ठक्कर दिँदा साेही ठाउँकम ७ वर्षीय अन्जान ताम्राकार घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
त्यस्तै माेटरसाइकल चालक घाइते हुनेका कन्चनपुरकाे कृष्णपुर नगरपालिका २ बाणी बस्ने २५ वर्षीय अम्मर सिंह चौधरी रहेकाे प्रहरीकाे भनाइ छ ।
बालककाे टाउकोमा चोटलागेका कारण उपचारको लागि डडेल्धुरा पठाएकाे र अवस्था मध्यम रहेकाे जनाएको छ ।
चालककाे सुजङ्ग अस्पताल राजपुर डोटी उपचार भैरहेको र अवस्था मध्यम रहेकाे घटनामा खटेका प्रहरी टाेलीकाे भनाइ छ ।
के.आई. सिंह राजमार्ग अन्तर्गत दिपायल देखी डडेल्धुरा तर्फ जादै गरेको उक्त माेटरसाइकलले बालक ताम्राकारलाई बाटो काट्ने क्रममा ठक्कर दिँएर माेटरसाइकल सडकमा पल्टिदा चालकसमेत घाइते भएका हुन् ।
प्रहरीले माेटरसाइकल नियन्त्रणमा लिएकाे छ ।











