युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, फागुन २० गते। कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्।

रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।

घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।

चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य क्षेत्र घोषणा गरेको थियो।

यस आरक्षमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्। हरिहाँस, नादुन हाँसले घोडाघोडी तालमामात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ। अन्तर्राष्ट्रिय रामसारमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरु घोडाघोडी जैविक विविधताको एक अभिन्न अवयव रहेकाले चराको संरक्षणका लागि प्रदेश सरकारले पन्छी अभयारण्य क्षेत्र बनाएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले पन्छी अभयारण्य क्षेत्र घोषणापछि प्रदेश सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिनुभयो।

चरा आरक्ष घोषणापछि प्रदेश सरकारले पन्छी अभयारण्य कार्ययोजनाको तयारी, चोरी शिकारी नियन्त्रण दल परिचालन, वन हेरालु तथा चोरी शिकारी नियन्त्रण दललाई नेचरगाइड तालिम प्रदानको कार्य गरेको छ। यसैगरी, चरा संरक्षणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन, चरा संरक्षणका लागि सरोकारवालाबिच समन्वय बैठक बस्ने, चरा गणना लगायतको कार्य भएको श्रेष्ठले जानकारी दिनुभयो।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय