डाेटी /डाेटीमा रूखबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाकाे घाइते हुनेमा बडिकेदार गाउँपालिका २ खड्यौली बस्ने ३३ वर्षीय मिना रेश्मी मगर रहेकी छन् ।
मगर आज १२ बजेको समयमा घर नजिकै रहेको बाँजको रूखमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । घाइतेको कम्मरमा चोट लागेकाे र अबस्था मध्यम रहेकाे डाेटी प्रहरीले जनाएको छ । उनलाई स्थानिय स्वास्थ्य चौकी खड्यौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागी धनगढी तर्फ पठाएको जनाएको छ ।











