कैलाली / कैलालीमा फरकफरक स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
साेमबार घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा
मृत फेला पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी रहेका छन् । कामीको शव दिउँसो ४ बजेतिर भेटिएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
त्यसैगरी जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया पनि मृत भेटिएका छन् । कठरिया दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका प्रहरीले जनाएको छ । उनकाे शव टिकापुर अस्पतालमा राखेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











