डाेटी /डाेटीमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । आज (शुक्रबार) साँझ साढे ६ बजेको समयमा जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका ४ पातली खेत स्थित भित्री सडक खण्डमा बाेलेराे जिप दुर्घटना हुँदा डाेटीकाे के.आई. सिंह गाउँपालिका १ लोली बस्ने २७ वर्षीय सुरेन्द्र कठायत, साेही ठाउँ बस्ने २६ वर्षीय पदमा कठायत र ७ वर्षीय करिष्मा कठायत घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । घाइते ३ जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूकाे स्थानीय स्वास्थ्य चौकी गगुडामा उपचार भैरहेको छ ।
६ जना यात्रु बाेकेर दिपायल बाट बाेगटानकाे पातल तर्फ जाँदै गरेको से.१ ज. ८३८ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
चालक के.आई.सिंह गाउँपालिका ७ सलेना बस्ने वर्ष २८ को गोमने बलायर रहेकाे प्रहरीले जनाएको छ ।











