डाेटी /डाेटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हनेमा जोरायल गाउँपालिका-३ पातलकि ३९ वर्षीय भूमिसरा खड्का रहेकी छन् ।
उनकाे आज ( सोमबार ) बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उक्त वडा कार्यालयले जनाएको छ । उनकाे भिरबाट खाेलामा खस्दा घटनास्थलमै मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएको छ । मृतक खड्काका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्।











