मनमाेहन ठकुल्ला, डाेटी
सामुदायिक विकास मञ्च ( सिडिएफ ) नेपाल डाेटीकाे वार्षिक समीक्षा तथा समाजिक परीक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
आज आइतबार जिल्ला समन्वय समितिकाे हलमा सराेकारवाला समक्ष एक ओैचारिक कार्यक्रमकाे आयाेजना गरि आर्थिक वर्ष २०८०/८१ काे उक्त समीक्षा तथा परीक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
सुशासन प्रबर्द्धन गर्न गुड नेभर्स इन्टरनेशनल नेपाल, मेडिसीप्रेलापेस,क्लिनर नट हेल्फ, सेर्फिङ फिर्याण्डसकाे संयुक्त साझेदारीमा कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

संस्थाले एक आर्थिक वर्षभरी विभिन्न परियाेजना मार्फत गरिएका कामकारबाई तथा खर्च बजेट र त्यसबाट उपलब्धि हासिलसहितकाे वार्षिक प्रस्तुत प्रतिवेदन महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण कार्यक्रम संयोजक गिरिराज पाठकले गरेका थिए ।
प्रतिवेदनमा एकीकृत सामुदायिक विकास परियोजना, महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण, जाजरकोट अर्थकुइक रिकभरि परियोजना, नयाँ आशा परियोजना, र सुदूरपश्चिममा बहिरा विद्यार्थी सहयो गरी पाँच ओटा परियोजना मार्फत काम गरेकाे प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला समन्वय समिति डाेटीका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राम बहादुर खड्काले सबैले संस्थासँग स्वार्थकाे भावना नराखेर निस्वार्थ ढंगले सहकार्य गर्नु पर्ने बताए । खड्काले थपे,” बालविवाह एउटा पालिकामा मात्रै न्युनिकरण भएर हुँदैन् ,सबै पालिका तथा प्रदेशले आ- आफ्नो क्षेत्रबाट लाग्नु पर्छ ।” साथै संस्थाले अझै
बाहिरबाट भित्रीने विकृति नियन्त्रणकाे भूमिका खेल्नु पर्ने उनकाे भनाइ छ ।
संस्था स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, भाैतिक क्षेत्र, महिलाहिंसाकाे क्षेत्रमा काम गर्दै आएकाे सामुदायिक विकास मञ्च नेपाल डाेटीका अध्यक्ष खडकराज शर्माले बताए । शर्माले भने,” जुन ठाउँमा समस्या पर्छ, त्यहाँ सामुदायिक विकास मञ्च पुग्छ ।” साथै सामाजिक परीक्षण कार्यक्रममा उठेका कुरा तथा सल्लाह सुझावलाई अर्ती उपदेशकाे रूपमा लिएर अगाडि संस्थालाई अगाडि बढाउने अध्यक्ष शर्माकाे भनाइ छ ।
अध्यक्ष शर्माले थपे,” विगतकाे जस्तै आगामी दिनहरूमा पनि संस्थागत उत्तरदायित्व, खुलापन, पारदर्शिता तथा जनसहभागिता जस्ता पक्षहरुलाई ख्याल गर्दै समुदायमा काम गर्न तत्पर रहेकाे छु ।”
कार्यक्रमकाे सहजीकरण पत्रकार नवराज जाेशीले गरेकाे थिए ।
साथै कार्यक्रममा जिल्ला समन्वय समिति डाेटी, दिपायल सिलगढी नगरपालिका प्रमुख, उप- प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख,शस्त्र प्रहरी बल, अन्य गैरसरकारी संघसंस्थाका प्रतिनिधि पत्रकार र संस्थाका सम्पूर्ण कर्मचारी तथा कार्यसमिति सदस्य, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।











