कैलाली / कैलालीमा एक महिलालाई कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भजनी नगरपालिका –१ कि ३० वर्षीया हसिना चौधरीलाई कुटपिट गरेकाे आराेपमा पक्राउ पर्नेमा साेही ठाउँका रुपा चौधरी, लहानु डङ्गौरा, मनोज चौधरी र बाबुराम डङ्गौरा रहेका छन् ।
कुटपिट गर्ने चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा राखेर थप अनुसन्धानको काम भइरहेको छ ।
आपसी विवाद हुँदा बिहीबार हसिनामाथि गालीगलौज र सामूहिक कुटपिट गरिएको प्रहरीले जनाएको छ ।











