कञ्चनपुर / कञ्चनपुरकाे भीमदत्त नगरपालिका-५ प्रगति टोल र कृष्णपुर नगरपालिका-१ पहरिया टोलको कच्ची घरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार भीमदत्तमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएकाे छ । साथै सरसामान जलेर नष्ट भएका छन् ।
प्रहरी स्राेतकानुसार यस्तै कृष्णपुरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । दुबै स्थानमा आगलागी हुँदा मानविय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ।











