युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ! दिपावलीकाे पहिलाे दिन विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरी मनाइँदैछ ।

यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको
पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ ।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।

काग अत्यन्त चलाख पक्षी हो । अन्नबालीमा लाग्ने किरा-फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ । यद्यपि बुधबार १ बजेर ५ मिनेटदेखि नै चतुर्दशी तिथि लागिसकेको हुनेछ ।

काग कस्तो पंक्षी हाे

काग कालो रङ्गको एक चराको नाम हो। यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ। कागलाई संस्कृतमा काक भनिन्छ। तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ। ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ। कागहरू धेरै प्रजातीका हुन्छन्। हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग। भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ। कागको मासु खाइदैन कुनै रोगीहरूले कागको आलो रगत र कलेजो खाएमा रोग निको हुने विश्वासका साथ कागको रगत र कलेजो खान्छन्। साथै कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्। कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ‘कस्तो काग रैछ’ पनि भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय