सिलगढी / कैलालीमा प्रहरीले विभिन्न ठाउँबाट ४६ हजारभन्दा बढी भन्सार छलिको अवैध सामान बरामद गरेको छ ।
कैलाली प्रहरीकाअनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ र भजनी नगरपालिका–५ कव्वाखेडाबाट करिब ४६ हजार ४८० मुल्य बराबरको सामान बरामद गरेकाे हाे ।
प्रहरीले मिठाईमा हाल्ने बिन्दी,चिनी,आलु, प्याज, नुन, खेलौना, डस्टबिन, साबुनदानी, भाडा धुने जाली र कपडा धुने ब्रस लगायतका सामान बरामद गरिएकाे जनाएको छ ।











