कैलाली / कैलालीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक किशोरको मृत्यु भएको छ।
कैलाली प्रहरीकाअनुसार जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सागर बिकको मृत्यु भएको जनाएको छ ।
मंगलबार राती ९:५० मिनेटकाे समयमा कैलारी गाउँपालिका–५ बयसपुरका १८ वर्षीय जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बिक गम्भिर घाईते भएका थिए। घाइते बिकको उपचारको क्रममा आज (वुधवार) विहान ४ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।











