डाेटी, डाेटीमा जबर्जस्ती करणी र लुटपाट पश्चात् फरार रहेका एक आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आदर्श गाउँपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ३८ वर्षीय लाल रैकाल रहेका छन् । इलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरी टोलिले रैकालाई आज पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईकाअनुसार आराेपी रैकाल भाद्र ३० गते ‘सिलगढी १३’ नाम परिवर्तन १९/२० वर्षीय युवतीकाे घाँटी थिची जबर्जस्ति करणी र नगद लग्भग ३० हजार लुटपाट पश्चात् फरार रहेका थिए ।
भट्टराईकाअनुसार शनिवार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतवार बिहान मात्र घर आएका र आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो।
रैकाललाई प्रहरी हिरासतमा राखेर थपअनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएको छ।











