कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर निर्माणकाे काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
साेही ठाउँ गोपीकृष्ण जोशीको घर निर्माणको क्रममा करेन्ट लागेर
मृत्यु हुनेमा कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लग्दा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थियाे ।
घर निर्माणको क्रममा भाइब्रेसन मेसिन चलाउने क्रममा उहाँलाई करेन्ट लागेको कैलाली प्रहरीकाे भनाइ छ ।











