मनमाेहन ठकुल्ला , डाेटी
डाेटीमा रुखले च्यापिएर एक बालकको मृत्यु भएकाे छ ।
आज ( शनिबार ) रूखले च्यापिदा मृत्यु हुनेमा जिल्लाकाे सायल गाउँपालिका वडा नम्बर २ खरगडा अबस्थित मदन बोहराका १४ वर्षीय छाेरा तिलक बोहराकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज उनी मध्याह्न १२ बजेकाे समयमा रानिवन जंगलमा दाउराको लागी बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिदाँ घाइते भएका थिए ।
उनलाई उपचारकाे लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको थियाे ।त्यसपश्चात डाक्टरले चेकजाँच गर्दा दिउँसो ३ बजेकाे समयमा मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताउनु भयाे ।
मृतक बाेहरा साेही गाउँपालिकाकाे वडा नम्बर ५ पटकानी मामा घर बस्दै आएका थिए ।











