युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन् । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । यस प्रदेशका नौ वटै जिल्लाका लागि २११ परीक्षा केन्द्र, २११ केन्द्राध्यक्ष, ३७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताउनुभयो ।

परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार ७४३ निरीक्षक, ५५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर आठ हजार १४३ कर्मचारी परिचालन गरिने छ ।

परीक्षामा सहभागी हुनेमध्ये सबैभन्दा बढी कैलालीबाट १८ हजार ७२० र कञ्चनपुरबाट १० हजार ३३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९५० विद्यार्थीले एसइई दिने छन् ।

बझाङबाट चार हजार ३८०, डोटीबाट तीन हजार ३२८, बाजुराबाट दुई हजार ९३४, दार्चुलाबाट दुई हजार ७५० र डडेलधुराबाट दुई हजार ५५७ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ ।

१२ वटा परीक्षा केन्द्र रहेको डडेलधुरामा दुई हजार ५५७ परीक्षार्थीले एसइई दिने शिक्षा समन्वय समिति डडेलधुराले जनाएको छ । एक हजार १०३ छात्रा र छात्रको सङ्ख्या एक हजार २५४ रहेको छ ।गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय