बैतडी / बैतडीकाे सिगास गाउँपालिका–७ मा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाकाे कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐर रहेकाे बैतडी प्रहरीले जनाएको छ । उनकाे शनिबार बिहान
आफ्नै घर नजिकैको खरबारीमा स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।
रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीकाे भनाइ छ ।
मृतक ऐरकाका श्रीमती र ४ छोराछोरी रहेको पारिवारिक स्राेतले जनाएको छ ।











