मनमाेहन ठकुल्ला
सिलगढी,
डाेटीमा पछिल्लो चार वर्षमा ८७ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीले दिएकाे सुचना अनुसार आर्थिक वर्ष २०७६/०७७ मा विष सेवन गरेर १ जना, झुन्डिएर २३ जना र गाेलि हानी १ गरी जम्मा २५ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा बिष सेवन गरेर ३ जना र झुन्डिएर १९ गरी जम्मा २२ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा बिष सेवन गरेर ५ झुन्डिएर १९ र हाम फालेर १ गरी जम्मा २५ जना व्यक्तिले आत्महत्या गरेका छन् ।
त्यसैगरी गत आर्थिक वर्षमा आत्महत्या गर्नेकाे संख्या जम्मा १५ रहेकाे छ । जसमध्ये १३ झुन्डिएर र २ जनाले बिष सेवन गरेर आत्महत्या गरेकाे प्राप्त सुचनामा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ मा भने झुन्डिएर आत्महत्या गर्नेकाे संख्या ५ पुगेकाे छ ।
यसरी पछिल्ला चार वर्षमा आत्महत्याकाे तथ्यांकलाई केलाउदा डाेटीमा झुन्डिएर आत्महत्या गर्नेकाे संख्या मात्रै ७४ रहेकाे छ भने अहिलेसम्म झुन्डिएर ७९ जनाले झुन्डिएर आत्महत्या गरिसकेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले दिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।
पछिल्लो वर्षयता सामाजिक सञ्चालकाे कारणले आत्महत्या गर्नेकाे संख्या बढ्दै गएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएकाे छ । समाजकाे सन्दर्भमा कुरा गर्दा सामाजिक, आर्थिक कारणले झुन्डिएर आत्महत्या गर्नेकाे संख्या बढ्दै गएकाे निरीक्षक बिष्टले जानकारी दिएकाे छ ।
आत्महत्याको कारण जिल्ला अस्पताल डाेटीमा पूर्वकार्यरत मानसिक राेग तालिम प्राप्त एम. बीबीएस डा. साेहन कुमार शाहका अनुसार मानसिक राेग, दिर्घराेगी,बीस सेवन, पारिवारिक बेमेल, जाँडरक्सी, आर्थिक , शैक्षिक जस्ता थुपै कारणले आत्महत्या गर्नेकाे संख्या बढ्दाे क्रममा आउने गरेकाे जानकारी दिएकाे छ । उहाँले भन्नु भयाे ‘ अस्पतालमा पछिल्लो वर्षमा आत्महत्याको संख्यालाई केलाउदा बच्चाहरू र पुरूषकाे संख्या बढि आउने गरेकाे जानकारी दिएकाे छ ।
डा. शाहका अनुसार बच्चाहरूले परिपक्वता नभएका कारण आत्महत्या गरेका छन् भने महिला र पुरूषले प्रेम सम्बन्धमा असफल हुँदा आत्महत्या गरेकाे पाएकाे बताएका छन् । महिलाले आत्महत्याकाे प्रयास मात्र गर्ने तर पुरूषकाे केशमा हेर्दा आत्महत्या गएका घटना अस्पतालमा बढि आउने गरेकाे शाहले जानकारी दिएकाे छ । बच्चाहरूकाे सन्दर्भमा अभिभावकहरूले विशेष हेरचाहमा ध्यान दिँदा आत्महत्यालाई न्युनिकरण गर्न सकिने बताए ।











