भाद्र २५, कैलाली , कैलालीको भजनीमा घरबाट सम्पर्कविहीन भएकी एक महिला आफ्नै बारीमा मृत अवस्थामा फेला परेकी छन्।
भजनी नगरपालिका–७ पगरा टोलकी ४० वर्षीया गिता कठरिया बुधबार बिहानदेखि परिवारको सम्पर्कमा थिइनन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा उनलाई घरनजिकैको आफ्नै बारीमा मृत अवस्थामा फेला पारेका हुन्।
घटनाको जानकारी पाएपछि प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ। कठरियाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
मृत्युको कारण भने खुल्न बाँकी रहेको छ।











