डोटी, साउन २७ गते
डोटीमा सेती नदीमा बगेर एक जना पुरुष बेपत्ता भएका छन्।
दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका ५६ वर्षीय राम सुचीकार बुधबार साँझ सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार सुचीकार साँझ करिब ४ः५० बजे हातमुख धुन सेती नदी किनारमा गएको अवस्थामा नदीमा बगेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय दिपायलबाट १२ जनाको प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले दिपायल सिलगढी नगरपालिका–२, ५ र ७ अन्तर्गत सेती नदी किनारका क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।
बेपत्ता सुचीकारको खोजी कार्य जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











