कैलाली, असार २५ , कैलालीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुकी वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक बरामद गरेको जनाएको छ।
बरामद गरिएको भरुवा बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।











