कैलाली, असार २१ – कैलालीको गौरीगंगा नगरपालिका–६ मा घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई शनिबार बेलुकी घरमा प्रयोग भइरहेको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो।
गम्भीर घाइते भएकी आयुस्मालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











