युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, असार १७
दिपायल सिलगढी नगरपालिका–६ ले डोटी सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई करिब ५० हजार रुपैयाँ बराबरका खेल सामग्री हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत वडा अध्यक्ष नरेश मलासीसहितको टोलीले विद्यालयमै पुगेर प्रधानाध्यापक केशवराज ओझालाई क्रिकेट, भलिबल र फुटबललगायतका खेल सामग्री हस्तान्तरण गरेको हो।

वडा सचिव हरिसुन्दर श्रेष्ठका अनुसार वितरण गरिएका सामग्रीमा क्रिकेट खेलका लागि हेल्मेट, ग्लोभ्स, ब्याटिङ प्याडलगायतका आवश्यक सामग्रीसमेत समावेश छन्। वडा अध्यक्ष मलासीले विद्यालयकी विद्यार्थी क्याप्टेन मनिषा डौडीलाई ती सामग्री प्रयोग गर्ने तरिकासमेत देखाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मलासीले विद्यार्थीहरूले अनुशासित भएर खेलकुदमा सहभागी हुन, लागूऔषधजस्ता दुर्व्यसनबाट टाढा रहन तथा पठनपाठनलाई पनि उत्तिकै प्राथमिकता दिन आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक ओझाले खेल सामग्री उपलब्ध गराएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यसले विद्यालयमा खेलकुद गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। साथै उनले विद्यार्थीलाई अनुशासित र लगनशील बन्न प्रेरित गरे।

कार्यक्रममा वडा सदस्य श्यामराज जोशी, वडा सचिव हरिसुन्दर श्रेष्ठ, विद्यालयका शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय