कैलाली / कैलालीको लम्कीचुहा नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
लम्कीचुहा नगरपालिका–३ बल्चौर निवासी ३८ वर्षीय बुद्धिराम चौधरी शनिबार दिउँसो आफ्नै घर नजिक रहेको पानी नभएको नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











