असार ७,अछाम / अछाममा चरेस र सुकाएका गाँजाका बोटसहित एक जना पक्राउ परेका छन्।
मंगलसेन नगरपालिका–८ ग्यानेगैडी निवासी ५७ वर्षीय भैरवप्रसाद भाटलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। भाटले सञ्चालन गर्दै आएको किराना तथा चिया–नास्ता पसलबाट ८ ग्राम १९० मिलिग्राम चरेस र ५०० वटा सुकाएका गाँजाका बोट बरामद भएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा टेबलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषधजन्य पदार्थ फेला पारेको थियो।
बरामद सामग्रीसहित भाटलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











