कैलाली /कैलालीको जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार जानकी गाउँपालिका–८ निवासी ७७ वर्षीय हरिराम थारुको शव शनिबार नहरमा भेटिएको हो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











