सिलगढी /जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा परिवर्तन देखिएको छ।
हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ।
आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
यस्तै मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रहने र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ।











