युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर,
कञ्चनपुरमा प्रहरीले २९ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। बिहीबार राति इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेर चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो।

पहिलो घटनामा डडेल्धुराको अमरगढी नगरपालिका–१ का २५ वर्षीय यादब तमौली र बागबजारका १८ वर्षीय एक किशोरलाई १४ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू सवार से ७ प २०९९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

त्यस्तै, सोही क्षेत्रमा गरिएको अर्को कारबाहीमा १५ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित थप चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ का २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलाली गोदावरी नगरपालिका–३ का २७ वर्षीय सुरेन्द्र साँउद र दार्चुला शैल्यशिखर नगरपालिका–६ का २८ वर्षीय जनक सिंह धामी रहेका छन्। उनीहरू सवार सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको विद्युतीय हाइससमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद लागूऔषध र सवारी साधनसहित सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय