कञ्चनपुर /कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बैजनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखा क्षेत्रबाट भन्सार छलि गरी भारतबाट ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न इकाइबाट खटिएको गस्ती टोलीले बिहीबार बेवारिसे अवस्थामा अन्दाजी १० लाख ८५ हजार १५० रुपैयाँ बराबरका सामान फेला पारेको हो।
बरामद सामग्रीमा ट्रलीसहित दुई ट्रली केरा, चुना, मोबाइल ग्लासलगायतका सामग्री रहेका छन्।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त सबै सामान नियन्त्रणमा लिएको जनाएको छ।











