सिलगढी, मंसिर २९, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने र अन्य स्थानमा मौसम मुख्यतया खुल्ला रहने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले हालसम्म कुनै पनि किसिमको मौसमी चेतावनी जारी गरिएको जानकारी दिएको छैन।











