धनगढी — धनगढी उपमहानगरपालिकामा लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–३ त्रिनगर क्षेत्रबाट धनगढी–२ रैका टोलका २३ वर्षीय विकास सेवालाई नियन्त्रणमा लिएको हो। सेवाको साथबाट १ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, धनगढी–८ का ३२ वर्षीय प्रदीप योगीको साथबाट पनि ५ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन फेला परेको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।











