सिलगढी, मंसिर २१
देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफैँ रहने भए पनि केही स्थानमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आइतबार दिउँसो देशभर नै आंशिक बदली रहनेछ। राति भने कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा बादलको मात्रा बढ्ने अनुमान गरिएको छ। तराईका अधिकांश स्थानमा भने मौसम खुला रहने सम्भावना छ।
गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक असर देखिएकाले पर्वतीय क्षेत्र केन्द्रित बदली बढेको विभागले जनाएको छ।











