सिलगढी,
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा कुनै महत्वपूर्ण मौसम प्रणाली सक्रिय छैन। उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल देखिए पनि बाँकी भूभागमा बिहानदेखि नै खुला तथा स्थिर मौसम कायम छ।
दिउँसोतिर कोशी, मधेस र बागमती प्रदेशका केही भागमा आंशिक बादल विकसित हुने अनुमान छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया खुलै रहने महाशाखाले जनाएको छ।
यसैगरी, राति कोशी प्रदेशको पहाडी–हिमाली भागमा केही बदली रहनेछ भने बाँकी क्षेत्रमा खुला आकाश रहने सम्भावना छ।











