सिलगढी,
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकाले आज अधिकांश भूभागमा मौसम सफा रहने भएको छ।
महाशाखाले जनाएको अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा अथवा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
त्यसैगरी, आज राति देशभरको मौसम पनि मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।











