सिलगढी– हाल नेपालमा मनसुनी वायु कमजोर बनेको छ भने स्थानीय वायुमण्डलीय प्रभाव आंशिक रूपमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भाग आंशिक बदली मात्र रहनेछन्। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। अन्य भू-भागका एक–दुई स्थानमा भने हल्का पानी पर्ने सम्भावना छ।
राति भने देशको अधिकांश भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। तर, कोशीसहित पहाडी क्षेत्रमा कतिपय ठाउँमा मध्यम वर्षा पर्ने संभावना कायम छ।











