युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी/ बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक बुधबार दिउँसो यात्रुवाहक जीप दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते हुनेमा दशरथचन्द नगरपालिका–११ की ५० वर्षीया हरिना जोशी, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, दशरथचन्द–४ का ३४ वर्षीय धिरेन्द्र खत्री र २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी–४ की ३८ वर्षीया हिरा भट्ट, पुर्चौडी–५ का १७ वर्षीय रिकेश पार्कि, २८ वर्षीय दिनेश पार्कि, पुर्चौडी–४ का २३ वर्षीय जनक भट्ट, पाटन–९ का १८ वर्षीय कबिराज भट्ट र २१ वर्षीय जनक भट्ट तथा पाटन–३ का ४२ वर्षीय डम्मर दत्त भट्ट घाइते भएका छन्।

घाइतेमध्ये अर्जुन महर, दिनेश पार्कि र कबिराज भट्टको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त जीपमा चालकसहित १३ जना सवार थिए।

घाइते सबैलाई तत्कालै जिल्ला अस्पताल बैतडी पुर्‍याइएको छ। प्रहरीका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको छ भने बाँकीको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

गोठलापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दिउँसो करिब २ बजे इश्वरीगंगा जाने बाटोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय