युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका–४ को पतलीखेत खोलामा निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ।

२०७८ साल असोज २१ गते सकिनुपर्ने यो पुल झण्डै चार वर्ष ढिलो हुँदा स्थानीयहरूले “पुल बन्छ कि सपना बन्छ” भन्ने आशंका गरिरहेका थिए।
सहजपुर–बोगटान–दिपायल सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल निर्माणको ठेक्का नेपालगञ्जस्थित नेपाल मेघा सिस्ने जेभीलाई दिइएको थियो, जसले ३ करोड ६६ लाख ३० हजार रुपैयाँमा काम गर्ने सहमति गरेको थियो। सम्झौता २०७७ असार २१ गते भएको थियो, जसअनुसार पुल २०७८ असोजभित्र बन्नुपर्ने थियो। तर ‘काम कहिले सकिन्छ’ भन्ने प्रश्न चार वर्षसम्म अल्झिरह्यो।

इन्जिनियर श्याम चौधरीका अनुसार अब पुल यस आर्थिक वर्षको जेठ मसान्तसम्म सम्पन्न हुनेछ। “धेरै भो, अब त बन्छ होला” भन्ने स्थानीय आशावादी बनेका छन्।

बन्ने भो अर्को पुल पनि

यसै सडकखण्डको बोगटान फुड्सिल गाउँपालिका–७ मा पर्ने टुँणागाड खोलामा पनि पुल निर्माण हुने भएको छ। पूर्वाधार विकास कार्यालय, डडेल्धुराले टेन्डर प्रक्रिया पूरा भएको र सिद्धनाथ जय भगवती जेभीको बोलपत्र स्वीकृत भएको जानकारी दिएको छ।

प्राविधिक अधिकृत अन्जु कुँवरका अनुसार यो आर्थिक वर्षभित्र सम्झौता प्रक्रिया टुंग्याएर अर्को वर्षदेखि काम सुरु गरिनेछ। “तोकिएको समयमै बन्छ भन्ने अपेक्षा राखेका छौं”, उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय