डोटी, २०८२ जेठ ५ – डोटीको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा आज ( साेमबार) साँझ परेको चट्याङमा घाइते भएका दुई महिला मध्ये एकको मृत्यु भएकाे छ ।
आफ्नै घरकाे झ्यालमा बसिरहेकी ४० वर्षीय देउमती साउँद चट्याङबाट गम्भीर घाइते भएकी छिन् । उनको पेट र अनुहारमा चोट लागेको र जिल्ला अस्पताल डाेटीमा डाक्टरले चेकजाँच गर्दा मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।
अर्की ३५ वर्षीय महिला अस्मिता ओली बिष्टको दायाँ पाखुरामा चोट लागेको छ। उनी बगलेक स्वास्थ्य चौकी, डोटीमा अ.न.मी. (अनमी) पदमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनको अवस्था मध्यम रहेको डाेटी प्रहरीकाे भनाइ छ ।
प्रहरीका अनुसार घाइते बिष्टकाे जिल्ला अस्पताल डोटीमा उपचार भैरहेकाे छ ।











