
डाेटी सेती नदिमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन् । आज ( मंगलबार ) १:४० बजेको समयमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका १ श्रीखोलीशैन बस्ने रमेश बि.क.का छोरा १० वर्षीय छाेरा अमित बि.क बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार साेही ठाउँ झोलुङ्गे पुल नजिक सेती नदिमा नुहाउने क्रममा बालक बगी बेपत्ता भएको जनाएको छ ।
घटना स्थलमा प्रहरी नायव निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा ७ जनाको टोली खटिई बालककाे खाेजिकार्य भैरहेको जनाएको छ ।