डोटी / सुदुरपश्चिम प्रदेश सरकारको भाद्र ३१ गतेको निर्णयले प्रदेशका ९ औ तहका अधिकृत देखी पाँचौ तहका सहायक कर्मचारीहरुको सरुवा गरेको छ ।
नेपाल ईन्जिनियरिंग तर्फका नवौ तहका ईन्जीनियर रामरथ खरेल, नेपाल प्रशासन सेवा आठौ स्तर अधिकृत मोहनचन्द्र जोशी सरुवा गरेको छ । त्यस्तै नेपाल प्रशासन सेवा लेखा समुहका छैठौ तहका खगेन्द्र वि क, हरिशरण वड, नरेश प्रसाद पाण्डेय, शेर बहादुर बोहरा सोहि समुहका पाँचौ तहका कृष्ण प्रसाद भट्ट, बिर वहादुर ऐर, रुद्र बहादुर निदाल, छैठौ तहका चन्द्र प्रसाद जैसी, जनक बहादुर सिँह, जमुना मगर, पुष्पा कुमारी फुलारा, गणेश प्रसाद भट्ट, पाँचौ तहका रमेश बहादुर शाह को सरुवा गरेको छ ।
त्यस्तै नेपाल प्रशासन सेवा सहायक पाँचौ तहका श्याम प्रसाद ओझा, प्रकाश वहादुर थापा, जय राज भट्ट, चेतराज भट्ट, छैठौ तहका अधिकृत जीत बहादुर रोकायाको सरुवा भएको छ । त्यस्तै सहायक पाँचौ तहका गणेशदत्त जोशी, धर्मराज चौधरी, गोमती कुमारी अबस्थी, नित्यानन्द जोशीको सरुवा गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।